पिपुल्स हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न वैशाख १२ गते सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनको जेठ २७ गते बसेको बैठकले अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस