एमाले जनप्रतिनिधिलाई असार महिनाको २ र ३ गते प्रशिक्षण दिन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव गरिएको हो । उक्त प्रस्तावमा आउँदो असार महिनाको २ र ३ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ ।

सो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस