थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

Post Thumbnail

जेठ ३०, काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ८६ जनाले पिसीआर र एक हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २१७ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १०२ सङ्क्रमित रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस