दुई विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन !

जेठ ३१,काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएको जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए । पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत छ ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियाली नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

गाइड विना (एफआइटी) खुम्बु घुम्न आएका उनीहरुको खोजीका लागि खुम्बुक्षेत्रका लुक्ला, नाम्चे, खुम्जुङस्थित सबै प्रहरी एकाइलाई सक्रिय बनाइएको प्रनाउ शाहले बताउनुभयो । विना गाइड नेपाल आएका पर्यटकले घुम्न कानुनी रुपमा अवैध मानिन्छ ।

संम्बन्धित समचार

Leave a Reply