टाइब्रेकरमा पेरुलाई हराउदै अष्ट्रेलिया विश्वकपमा छनोट

जेठ ३१,काठमाडौँ । कन्टिनेन्टल प्ले अफको फाइनलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुलाई हराउँदै एसियाली राष्ट्र अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप–२०२२ मा छनोट भएको छ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रेलियालाई सडन डेथमा ५–४ गोलले हरायो ।

अष्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भयो । निर्धारित ९० मिनेटमा र थप गरिएको अतिरिक्त समयमा समेत कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जहाँ अष्ट्रेलिया सव्सिच्युट गोलरक्षक एन्ड्रिउ रेडमेन नायक बने । उनले सडनडेथको अन्तिम पेनाल्टी बताएका थिए।

टाइब्रेकरमा अष्ट्रेलियाका आरोन मोए, क्रेइग गुडविन, एज्दिन रुस्टिक, जेमी माकलरेन र एवेर मविलले गोल गरे । अष्ट्रेलियाका मार्टिन बोएलको सुरुवाती प्रहार विफल बनेको थियो । पेरुका जियानलुका लापाडुला, एलेक्सान्डर कालेन्स, रेनाटो तापिया र इडिसन फ्लोरेसले गोल गरे ।

लुइस इडभिनकुलाको प्रहार विफल बन्यो भने एलेक्स भालेराको पेनाल्टीलाई गोलरक्षक एन्ड्रिउ रेडमेनले बचाएका थिए । अष्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१ औं टोली बनेको छ । अष्ट्रेलियाले विश्वकपमा साविक विजेता फ्रान्स, डेनमार्क र ट्युनिसिया रहेको समूह ‘डी’ बाट प्रतिस्पर्धा गर्नुछ । अब कोस्टारिका र न्युजिल्यान्डमध्येबाट एक टोली छानिएपछि कतार विश्वकप खेल्ने सबै ३२ राष्ट्रको टुंगो लाग्नेछ ।

संम्बन्धित समचार

Leave a Reply