लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ ३१, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३१,तुलसीपुर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । घटनापछि आफूहरूले उद्धार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस