‘प्रदेश सरकारले गरिब तथा सामाजिक विभेदमा परेकाको हकहितमा बजेट ल्याउनेछ’ : मुख्यमन्त्री पाण्डे

जेठ ३१, काठमाण्डौ । हेटौंडामा सुरु भएको बागमती प्रदेश अन्तरगतका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले गरिब तथा सामाजिक विभेदमा परेकाहरुको उत्थान हुने खालको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैसँग जोडेर बजेट ल्याउन स्थानीय तहको ध्यानाकर्षण गराएका छन् ।

एकल महिला, दलित, लोपोन्मुख, सीमान्तकृत समूदाय, अपांगता भएका महिलाहरुको सशक्तिकरणका लागि सीप, पूँजी र प्रविधिको उपयोग गरिने कुरालाई स्थानीय सरकारले पनि विशेष रुपले अघि बढाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले व्यापक बहस गरेर कानुन निर्माण गर्ने र त्यसको पूर्ण कार्यान्वयनमा जोड दिन पनि स्थानीय जनप्रतिनिधिहरु सफल हुने विश्वास व्यक्त गरे । स्थानीय तहलाई नै हेरेर प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने भएकाले त्यसै अनुसार स्थानीय तहले पनि बजेट ल्याउँदा उपयुक्त हुने उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply