थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ ३१, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३१,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर ९३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ९२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६द्दठपुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस