सेञ्चुरी कमर्सियल बैंक र अल्फर्ट होटलबीच सम्झौता

जेठ ३१,काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अल्फर्ट काठमाण्डौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अल्फर्ट काठमाण्डौं, ठमेलको Nook, WXYZ/Re:Fuel रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अल्फर्ट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवनराज भण्डारीले हस्ताक्षर गरे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply