प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ ३१, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३१,काठमाडौँ । प्रभु क्यापिटलले बुधबारदेखि विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर ‘प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२’ सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट शुरु हुने पहिलो कार्यक्रममा ५ वटा कलेजका ३६ जना विद्यार्थी सहभागी हुनेछन् ।

यस कार्यक्रममा विद्यार्थीहरुले शेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबादिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेल मा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा रु। १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिने कम्पनीले जनाएको छ । खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटलको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस