काठमाण्डौ,धादिङसहित देशका विभिन्न स्थानहरुमा आज पनि भारी वर्षाको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १, काठमाण्डौ । देशका विभिन्न स्थानहरुमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यी प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रम बढ्ने महाशाखाको भनाइ छ । हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी प्रणाली सक्रिय रहेको छ । आज बिहान प्रदेश १, मधेश तथा बागमती प्रदेश का केही चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस