१० लाख बजेटमा करोडको ठेक्का !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २३, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २३, काठमाडौं । अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत सुनिश्चितता हो।

अर्थ मन्त्रालयले बजेटमा समावेश आयोजनालाई एक आर्थिक वर्षका लागि मात्र स्रोत सुनिश्चितता दिन सक्छ। तर कुनै एक आर्थिक वर्षमा स्रोत सुनिश्चितता भएर ठेक्का लागिसकेको आयोजना भन्दै निर्माण नसकिँदासम्म बजेट छुट्याउन अर्थ मन्त्रालयलाई दबाब पर्ने गरेको छ।

प्रभावशाली नेताको निर्वाचन क्षेत्रबाट यस्तो दबाब आउन थालेपछि स्रोत सुनिश्चितता रोक्ने अडानबाट अर्थमन्त्री डा. युवराज खतिवडा पछि हटेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस