सरकारद्धारा गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १, काठमाण्डौ । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।

कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस