जिसस दोलखाको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ १, बुधबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी विजयी भएका छन् । बुधबार सम्पन्न जससको निर्वाचनमा १८ मत रहेको दोलखामा घतानीले ११ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ऋषीकेश उप्रेतीले ७ मत प्राप्त गरे । यसैगरी उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका दार्जी शेर्पा विजयी भए । उनले ११ मत पाए भने निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७ मत पाइन् ।

सदस्यहरूमा नेपाली कांग्रेसका निलम ठकुरी, अनील तामाङ, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा, टसी शेर्पा, कल्पना थामी र कृष्ण श्रेष्ठ विजयी भए । जिसस दोलखामा नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीचको गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस