धुनीवेशीको टोल-टोलमा प्रदेश सरकारको बजेट: ३० करोड २० लाख विनियोजन (कुन योजनालाई कति ?)

असार ३,धादिङ । बागमती प्रदेश सरकारले धुनिवेशी नगरपालिकाको लागि मात्रै ३० करोड २० लाख बजेट बिनियोजन गरेको छ । पुर्वाधार विकास, शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,सडकको क्षेत्रमा ३० करोड २० लाख बजेट बिनियोजन गरेको हो । असार १ गते बुधबार बागमती प्रदेश सरकारले बजेट ल्याएको थियो ।

सम्भव भए सम्म धुनीवेशीको हरेक वडाहरुमा समानुपातिक रुपमा बजेट योजना विनियोजन गर्न प्रयास भएको मुख्यमन्त्री राजेन्द्र पाण्डेका प्रमूख स्वकीय सचिव ई.उमेश रुपाखेतीले जानकारी दिए । मुख्यमन्त्री कार्यालयले यस पटक छुटेका योजनाहरु तथा हाल प्रस्तावित योजनाहरुमा नगरपालिकाबाट थप बजेट विनियोजन गरी काम गर्दा जनताले अनुभुत गर्ने सकारात्मक परिवर्तन आउने विश्वास लिएको रुपाखेतीले बताए ।

यसो त धादिङमा २ नगरपालिका मध्ये १ नगरपालिकामा एकिकृत समाजवादीले जितेको पालिका हो । प्रदेशका मुख्यमन्त्री पाण्डेको चुनावी क्षेत्रभित्रै पर्ने धुनिवेशीमा ठुलो मात्रामा बजेट बिनियोजन भएपछि यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन् । यसो त प्रदेशबाट पर्ने बजेट धुनिवेशीको टोलटोलमै आएको छ । विकास बजेट नै ३० करोडमाथीको छुट्टिएपछि नगरपालिकाको मुहार फेर्न सकिने नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । धादिङबाटै निर्वाचित सांसद शालिकराम जम्मकट्टेल बागमती प्रदेशको अर्थमन्त्री छन् ।

धादिङलाई सबैभन्दा बढी बजेट

धादिङलाई ९१ करोड ३४ लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको छ । समानीकरण अनुदानतर्फ १९ करोड १० लाख १३ हजार रुपैंया बजेट प्रदेश सरकारले छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदानतफ ३३ करोड ८१ लाख १५ हजार रहेको छ भने विशेष अनुदानतर्फ ८ करोड ७० लाख अनुदान छुट्याइएको छ । त्यस्तै, समपूरक अनुदानमा २९ करोड ७७ लाख १२ हजार रुपैयाँ, चालुतर्फ ६१ करोड ६१ लाख २१ हजार, पुँजिगततर्फ २९ करोड ७३ लाख १२ हजार धादिङ्गलाई बागमती प्रदेश सरकारले विनियोजन गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply