ताप्लेजुङमा पहिरोमा परि एकैघरका दुई जनाको मृत्यु,घाइतेको उद्धारमा पुग्यो हेलिकोप्टर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३, काठमाण्डौ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–७ खेवाङमा गएको पहिरोमा परि एकैघरका दुई जनाको मृत्यु भएको छ । पहिलोमा परि ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। मृत्यु हुने तुलसा सासु र यशोदा बुहारी हुन् भने छोरा घाइते छन्। पहिरोका कारण वडाभरिका ३० घर परिवार विस्थापित भएको बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सिरीजंघा गाउँपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ । मन्त्री खाणले गृह प्रशासन, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रदेश १ का प्रमुख सशस्त्र नायब महानिरीक्षक कमल गिरी, नेपाल प्रहरीका प्रदेश १ का निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नविनराज राई, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईलाई टेलिफोन गरेर घाइतेहरूको यथाशीघ्र उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस