नेपाल-भारतबीच सात वर्षपछि भएको सीमा व्यवस्थापनसम्बन्धी बैठक अपराध नियन्त्रणमै केन्द्रित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३, काठमाण्डौ । नेपाल र भारतबीच सात वर्षपछि भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको बैठक अपराध नियन्त्रणमै केन्द्रित भएको छ । नयाँ दिल्लीमा बुधबार र बिहीबार भएको बैठकमा सीमा क्षेत्रमा हुने अपराध रोक्न दुवैतर्फका सुरक्षा संयन्त्रलाई सक्रिय बनाउने, सूचना आदानप्रदान बढाउने, स्थानीय तहमा समन्वय बढाउने विषयमा छलफल भएको हो ।

बैठकमा सहभागी नेपाल पक्षका एक अधिकारीका अनुसार खुला सीमामा तेस्रो मुलुकका व्यक्तिको अवैधानिक आउजाउलाई कडाइका साथ रोक्ने र नक्कली नोट, अवैध तरिकाले मानव तस्करी, लागूऔषध ओसारपसार वा हातहतियारको ओसारपसार हुन नदिन दुवैतर्फका सुरक्षा निकायले कडाइ गर्ने सहमति भएको छ । साना हातहतियार ओसारपसार रोक्न शंकास्पद व्यक्तिमाथि जाँच बढाउने, त्यस्ता कार्यमा संलग्नको पहिचान गरी कारबाही गर्ने विषयमा पनि छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस