नेपालद्धारा एसिसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात

असार ३, काठमाण्डौ । नेपालले एसिसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भुटानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

भुटानका लागि सोनम पाल्डनले चार तथा अञ्जु गुरुङ र टासी चेकीले एकरएक विकेट लिँदा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो । जितसँगै समूह ‘बी’ को नेपालले दुई अंक जोडेको छ । आफ्नो दोस्रो खेलमा शनिबार नेपालले कुवेत तथा भुटानले हङकङको सामना गर्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply