पूँजीबजार विकास र विस्तारका १९ बुँदे माग सहित अनशन बसेका कोईरालाको स्वास्थ्य अवस्था गम्भिर !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाण्डौ । पूँजीबजार विकास र विस्तारका विभिन्न्न १९ बुँदे माग सहित आमरण अनशन बसेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोईरालाको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको छ । अनशनरत कोईराला सामान्य मधुमेहका बिरामी समेत हुन् ।

तिनदेखि पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको गेटैमा आमरण अनशन बसेका लगानीकर्ताको माग र स्वास्थ्यप्रति नियामक निकाय मुकदर्शक बनेको आरोप लगानीकर्ताहरुको छ । हाम्रा मागहरु पुरा गर्न कुनै ठोस कदम उठाउन छाडेर बोर्डका जिम्मेवार पदाधिकारीहरु उल्टै अन्तरवार्ता दिँदै सेयरबजारका लगानीकर्ताहरुलाई सट्ठेबाज भन्दै हिडेको लगानीकर्ताको गुनासो छ ।

अहिलेसम्म कुनै पनि निकायले हाम्रा मागहरुप्रति चासो देखाएको छैन, यसरी लगानीकर्ताहरुको अपमान गरेर सरकारले कसरी समृद्धिको सपना देखाँउछ सरकारको यस्तै रवैयाले त लगानीकर्ताहरु पूँजी बजारबाट पलाएन नै हुने अवस्था देखिन्छ एक लगानीकर्ताले गुनासो गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस