जिसस पाल्पाको प्रमुखमा नेकपा एमालेका टंकनाथ खनालसहित प्यानलै विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३, काठमाण्डौ । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखमा नेकपा एमालेका टंकनाथ खनालसहित प्यानलै विजयी भएको छ। यस्तै उपप्रमुखमा काशिका ज्ञवाली गैरे, खुला सदस्यमा निस्दीका प्रताप सिंह थापा पूर्वखोलाका रितमान श्रेष्ठ, बगनासकालीका केशवराज खराल निर्वाचित भएका छन् ।

महिला सदस्यमा रम्भाका भविसरा सारु, रैनादेवीछहराका विष्णु कडेल घिमिरे, तानसेनकी बसन्ता ज्ञवाली र दलित महिला सदस्यमा माथागढीकी केशमाया सुनार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले बताए । विजेता प्रमुखसहित नेकपा एमालेका सबै उम्मेदवारहरु ११ मत पाएका थिए भने गठवन्धनकोतर्फ प्रमुख पदका उम्मेदवार यमलाल तिमिल्सीनासहितको उम्मेदवारहरुले ९ मत पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस