ए डिभिजन लिग फुटबल: आज तीन खेल हुँदै, थ्रीस्टारले जावलाखेलसँग प्रतिस्पर्धा गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज २ बजेर २० मिनेटमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो उपाधि होडलाई कायमै राख्नका लागि पनि थ्रीस्टारलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ६ खेलबाट १५ अंक छ । तर लिग लिडर मनाङ मर्स्याङ्दी क्लबको भने समान ६ खेलबाट १८ अंक रहेको हुँदा थ्रीस्टारलाई अबको खेल जित्नै पर्ने हुन्छ । यता, जावलाखेल भने थ्रीस्टारलाई रोक्ने रणनीतिमा हुने छ ।

त्यस्तै, आजै हुने पहिलो खेलमा विभागीय क्लब एपीएफले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । यी दुई टिमबीचको खेल विहान ११ बजे एन्फा कम्प्लेक्समै हुँदैछ ।

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै दिउँसो साढे २ बजे च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस