‘नेप्से लगातार ओरालो लाग्दा लगानीकर्ता निरास, यो सुखद कुरा होईन’ : पूर्व अर्थमन्त्री पुन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन अनन्तले नेप्से परिसूचक लगातार ओरोलो लाग्नु सुखद नभएको बताएका छन् । शुक्रबार साँझ पार्टी अर्थ तथा योजना विभागले गरेको स्थानीय तहका जनप्रतिनिधि सहभागी भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो समय शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा लगानीकर्ता निरास भएको बताएका हुन् ।

उनले एक वर्षअघि ३२ सय बिन्दुमा रहेको नेप्से १ हजार ९ सय बिन्दुमा झरेको भन्दै उनले लगानीकर्ता निरास भएको स्पष्ट पारे। आगामी दिनमा व्यापार घाटा र बैंक तथा वित्तिय संस्थाको खराब कर्जा थप बढ्नुका साथै खाद्य संकट उत्पन्न हुनेतर्फ सरकार समयमै गम्भीर हुनुपर्नेमा उनले जोड दिए । रुस–युक्रेन युद्धपछि ६० भन्दा बढी मुलुकले खाद्यान्न निर्यातमा रोक लगाएको चर्चा गर्दै पुनले अफ्रिका महादेश खाद्य संकटको चपेटामा परिसकेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस