गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

असार ४, काठमाण्डौ । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको पेटको भागमात्रै बाँकी रहेको खनालले बताए । उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ। घटनाबारे शनिबार बिहान मात्रै थाहा भएको हो । प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर भएको हो ।

संम्बन्धित समचार

Leave a Reply