प्रदेश १ सरकारको विकास खर्चको अवस्था दयनीय, आधा बजेट खर्च हुनै सकेन !

असार ४, काठमाण्डौ । आर्थिक वर्ष सकिन करिब १ महिना बाँकी रहँदा प्रदेश १ सरकारको विकास खर्चको अवस्था दयनीय देखिएको छ । साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब मात्रै खर्च गर्न सकेको छ।

यो विनियोजित बजेटको ५४ प्रतिशत मात्र हो । आर्थिकवर्ष २०७८र७९ का लागि प्रदेश सरकारले ३४ अर्ब ५४ करोड १३ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित रकममध्ये जेठ १५ सम्म १८ अर्ब ४७ करोड २३ लाख १८ हजार ८६८ रुपैयाँ १४ पैसा मात्रै खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृत अशोक काफ्लेका अनुसार यो अवधिमा पुँजीगततर्फ ९ अर्ब २४ करोड ४९ लाख २४ हजार २७८ रुपैयाँ खर्च भएको छ । चालुतर्फ ९ अर्ब २२ करोड ७३ लाख ९४ हजार ५८९ रुपैयाँ बजेट खर्च गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply