‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदै

काठमाण्डौ । ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ । कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुन लागेको हो ।
बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।

८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि छानिएका छन् । ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने छन् ।

 

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?