‘लगानीकर्ताका मागहरु राष्ट्र बैंक र अर्थ मन्त्रालयमा जानकारी गरायौँ, अब अनसन तोडेर सहयोग गर्नुस्’ : संयोजक आचार्य

असार ४, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक एबं अर्थमन्त्रालयले गठन गरेको पूँजीबजार सुधार सुझाव समितीका संयोजक विनयदेव आचार्यले लगानीकर्ताका मागहरु राष्ट्र बैंक र अर्थ मन्त्रालयमा जानकारी गराईसकेको बताएका छन् । आज अनशनरत लगानीकर्ता तिलक कोइरालालाई भेट्दै आचार्यले लगानीकर्ताहरुका मागप्रति आफुहरु सकारात्मक रहेको भन्दै अनसुन तोड्न समेत आग्रह गरेका छन् ।

‘अहिले अर्थमन्त्रालयले गठन गरेको सुझाव समितीको संयोजक मलाई तोकिएको छ, सदस्य सचिव पनि बोर्डबाट नै हुनुहुन्छ, अब अर्थमन्त्रालय र राष्ट्र बैंकबाट प्रतिनिधि आएपछि एक दुई दिनमै हाम्रो बैठक बस्छौँ, यहाँ हामीहरु पनि बजारको विकासका लागि बसेका हौँ तिलक जी पनि बजारको विकासकै लागि आमरण अनशन बस्नु भएको हो त्यसैले म आग्रह गर्छु अहिलेलाई यो अनशन टुङ्ग्यायर सहयोग गर्दिनोस्’ आचार्यले भने ।

 

संम्बन्धित समचार

Leave a Reply