‘भूमिहिन, सुकुम्वासी र अव्यवस्थित जनतालाई सम्पत्तिको मालिक बनाउने काम भईरहेको छ’ : गृहमन्त्री खाँण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ४, काठमाण्डौ । गृहमन्त्री वालकृष्ण खाँणले भूमिहिन, सुकुम्वासी र अव्यवस्थित जनतालाई सम्पत्तिको मालिक बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले भूमिहिन, सुकुम्वासीको पनि घर र जग्गा हुन्छ र अव्यवस्थितलाई व्यवस्थित बनाउन सकिन्छ भन्ने पुनित उद्देश्य पुरा गर्नु भूमि आयोगकोपहिलो काम भएकोले सोही अनुसार काम गर्न निर्देशन दिए । गृहमन्त्री खाँण भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको समाधानका गर्र्न र जो जहाँ बसेका छन तीनीहरुलाई सदाका लागि बस्ने गरि त्यही अधिकार प्रदान गर्न जरुरी रहेको औल्याए ।

राष्ट्रिय भुमि आयोग केन्द्रिय कार्यालयको आयोजनामामा लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको शनिवार बुटवलमा उदघाटन गदै गृहमन्त्री खाँणले नेपाली काँग्रेसको विचार र निति नै नागरिकलाई सम्पतिको स्वामित दिने भएकाले सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सदाका लागि बस्ने गरि अधिकार प्रदान गर्न जरुरी रहेको औल्याए । उनले तहहरुलाई सार्वजनिक जग्गालाई संरक्षण गर्न कडा निर्देशन समेत दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस