‘एमाले नेतृत्वको सरकारले मात्र बिकासका काम गर्न सक्छ’ : सांसद महेश बस्नेत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ४, काठमाण्डौ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित पुरानो बसपार्कसँगै रानी खोलामा नवःनिर्माण सम्पन्न मोटरेबल बक्स ब्रिज पुलको उद्घाटन गरिएको छ । वडा नम्वर ७ को आयोजनामा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त पुल आज एक कार्यक्रमका बिच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले विगतमा एमाले नेतृत्वको सरकारको पालामा नै ल्याएको बजेटका कारण हालसम्म पनि भक्तपुरमा उद्घाटन र शिलान्यासका कार्यहरु तिव्र गतिका साथ भइरहेको दावी गरे । वर्तमाान पाँच दलीय गठबन्धनको सरकारले विकास गर्ने नभई भइरहेको विकासलाई समेत रोकेर विकास र समृद्धिमा समेत राजनीति गरेको भन्दै उनले आक्रोस जनाए । वर्तमान सरकारले भक्तपुरमा विगतमा सञ्चालनमा रहेको आयोजना तथा नयाँ कुनै पनि योजनाहरु नबनाएको तथा विगतका योजनाहरुलाई कटौती गरी जनताको विकास प्रतिको चाहनामा गंभिर चोट पुर्याएको उनले उल्लेख गरे।

 

ताजा अपडेट

खोजी गर्नुहोस