इलामको जिसस प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाण्डौ । जिल्ला समन्वय समिति इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार चित्रकला बराइली निर्वाचित भइन् ।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भइन्। प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरिन् ।

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बु, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भइन् । एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित भए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस