निर्वाचन आयोगले भन्यो-‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्छ’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। अघिल्लो निर्वाचनभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै आयोगले कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको हो । कात्तिक २७ वा मङ्सिर ४ गते निर्वाचन गर्ने गरी सरकारले आन्तरिक गृहकार्य थालेका बेला आयोगले एकै चरणमा गर्दा पनि ३ अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरेको छ। २०७४ मङ्सिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो ।

आयोग पदाधिकारीहरूको केही दिनअघि बसेको अनौपचारिक बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्च, मितिसहितको प्रस्ताव तयार पारेको हो। निर्वाचन प्रस्तावलाई अन्तिम रूप दिँदै सरकारसँग बजेटसहितका अन्य सहयोग माग गर्ने तयारी उनीहरूले थालेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस