असार ५, काठमाण्डौ । युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताए । युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उनको भनाइ छ ।