अमेरिका भ्रमणबारे जवाफ दिन आज संसदीय समितिमा प्रधानमन्त्री उपस्थित हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाण्डौ । प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ । प्रधानमन्त्री देउवा उक्त समितिमा उपस्थित भएर आसन्न अमेरिका भ्रमणबारे जवाफ दिने कार्यक्रम रहेको छ ।

बिहान १० बजे संसदीय सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा विवास्पद ‘एसपीपी’ सम्झौताबारे सरकारको निर्णय र प्रम देउवाको अमेरिका भ्रमणबारे उठेका प्रश्नहरुको जवाफ माग गरिने जनाइको छ । देउवाले सरकार प्रमुखका तर्फबाट समितिलाई जवाफ दिनेछन् ।

यसअघि शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको भनाइ मौखिकरूपमा नभई लिखित रुपमा सरकारको निर्णयकै रूपमा आउनुपर्ने निष्कर्ष निकालेको थियो । र, सोही बैठकले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका सवालमा छलफल गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस