सर्लाहीमा कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु

असार ५, काठमाण्डौ । सर्लाहीमा कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ । गएराति धनकौल गाउँपालिका ५ स्थित छठी घाट पुलमा बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

कार आफैं अनियन्त्रित भएर पुलबाट १५ फिट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी रौतहट वृन्दावन नगरपालिका ४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको बुढाथोकीले बताए ।

संम्बन्धित समचार

Leave a Reply