विश्वका हरेक व्यक्तिको औसत आयु दुई वर्षभन्दा धेरैले घट्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाण्डौ । विश्वमा वायु प्रदूषणको असर र त्यसले पुर्‍याउने मानवीय क्षति धुमपान, एचआइभी एड्स र आतंकवादभन्दा पनि खतरनाक रहेको एक अध्ययनले देखाएको छ । वायु प्रदूषणका कारण विश्वका हरेक व्यक्तिको औसत आयु दुई वर्षभन्दा धेरैले घटेको छ । दक्षिण एसियामा भने वायु प्रदूषणको मात्रा उच्च हुँदा त्यसको असरले आम मानिसको औसत आयु करिब ५ वर्षले घटेको शोधकर्ताहरूको ठहर छ ।

शिकागो विश्वविद्यालयस्थित ऊर्जा नीति संस्थानले हालै प्रकाशित गरेको एयर क्वालिटी लाइफ इन्डेक्सका अनुसार विश्वमा हाल कुल जनसंख्याको करिब ९७ प्रतिशत मानिसहरू उच्च वायु प्रदूषण भएका क्षेत्रमा बस्ने गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस