मन्त्रिपरिषद् पुनर्गठन गर्न माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ५, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ५, काठमाण्डौ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले जोड गरेका छन् ।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यी दुई दलले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा जोड गरेका हुन् । एकीकृत समाजवादी र जसपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई प्राथमिकतामा राखेर जोड दिनुपर्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा विशेष गरि एकीकृत समाजवादीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनको बैठकमा सो विषयलाई पुनः उठान गरेको उक्त पार्टी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस