शेयर बजारमा सुधार, नेप्से झण्डै ११ अंकले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २३,काठमाडौँ । शेयरबजार परिसूचक नेप्से आइतबार झण्डै ११ अंकले बढेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेप्से १० दशमलव ८५ अंकले बढेर ११ सय ३१ दशमलव ७० अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

कारोबार रकम भने बिहीबारको तुलनामा झण्डै १६ करोड रुपैयाँले घटेको छ । आइतबार २२ करोड ३७ लाख रुपैयाँ बराबरका ७ लाख १४ हजार कित्ता शेयर किनबेच भएका छन् ।

नेप्से बढेसँगै आइतबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै साढे ५ प्रतिशत कमाएका छन् ।

लक्ष्मी इक्वीटी फाउण्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने झण्डै साढे ४ प्रतिशत गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस