भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ ६, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ ।

बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ । कयौँ बाढी पहिरोमा फसेका छन् । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

बङ्गलादेशमा सरकारी अधिकारीले अहिलेको बाढी सन् २००४ पछिकै सबैभन्दा ठूलो भएको बताएका छन् । यस्तै, भारतको मौसम विभागले केरला, मुम्बई, बिहार, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा लगायत क्षेत्रमा आज पनि ठूलो वर्षाको चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस