सांसद पण्डितद्धारा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अगाडी बढाउन माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ६, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले सो महाअभियोग प्रस्ताव अघि नबढनुको कारणबारे सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

सांसद पण्डितले आफ्नो पार्टी एमालेसँग छलफल नै नगरी ल्याइएको सो प्रस्ताव संसदबाट पास हुँदैन भन्ने डरले अघि नबढाएको हो कि भनि आशंका समेत व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस