बलात्कारका आरोपी मनोज पाण्डे पुर्पक्षका लागि कारागार चलान

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ अषाढ ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ६, काठमाडौँ । बलात्कारका आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । मनोज पाण्डे भनिने मनोजकुमार जैशीलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसूरमा आज (सोमबार) पुर्पक्षका लागि थुनामा पठाएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

८ वर्षअघि भएको सुन्दरी प्रतियोगितामा आफूमाथि बलात्कार भएको भन्दै एक नाबालिकाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । पाण्डेविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जेठ ८ र ९ गते दुई वटा उजुरी परेपछि स्वयम्भुबाट उनी पक्राउ परेका थिए ।

पाण्डेविरुद्ध एक नाबालिकाले आफूलाई बाल यौन दुरुपयोग गरेको भन्दै जेठ ८ गते उजुरी दर्ता गराएकी थिइन् । अर्की पीडितकी आमाले आफ्नी छोरीलाई कहिले फोटो सुट, कहिले सक्सेस पार्टी दिने नाममा होटल तथा विभिन्न स्थानमा बोलाएर धम्की दिई नसालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै जेठ ९ गते निवेदन दिएकी थिइन् ।

निवेदनमा धाकधम्की दिएर झुक्यानमा पारी नसालु पदार्थ खुवाएर बेहोस बनाएको र नियन्त्रणमा राखेर बलात्कार गर्नुका साथै वेश्यावृत्तिमा लगाउने गरेको आरोप पाण्डेमाथि लगाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस