सर्लाहीमा एक युवाको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ७, जनकपुरधाम । सर्लाहीमा एक युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सर्लाहीको कविलासी नगरपालिका ८ मा करिब २३ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको बताए। बुढाथोकीका अनुसार स्थानीयले ठाकुरको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडीनजिक देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस