१४ वर्षीया बालिका बलात्कृत, गर्भ बसेपछि घटना सार्वजनिक !

असार ७ , काठमाण्डौ । मोरङ मिक्लाजुङमा बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । ती बालिकाको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो । घटना बाहिरिएसँगै प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राई भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार चार महिनाअघि बालिकालाई राईले बलात्कार गरेको खुलेको छ ।

बंगुरलाई चारो खोज्न बालिका जंगल पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ माघ २६ गते बलात्कार गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिएको बालिकाले परिवारलाई बताएकी छन् ।

संम्बन्धित समचार

Leave a Reply