एसईईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ७, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस