जनकपुरमा एक क्याफेमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति

Post Thumbnail

असार ७, काठमाण्डौ । जनकपुरमा एक क्याफेमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सुकरबारी बजार नजिकै रहेको बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी भएको हो।

आगलागीबाट क्याफेभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो बिहानै निभाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस