आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्ट का अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological products मा १५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टिम सेन्ट बाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी च्बमष्ययिनथ को ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेष्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए  ।

ताजा अपडेट

खोजी गर्नुहोस