नीजि सवारी साधनहरुको आयातमा लगाइएको प्रतिबन्ध अविलम्ब खुलाउन नाडाको माँग

Post Thumbnail

असार ७, काठमाण्डौ । मिति २०७९ साल असार ६ गते अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसंग भेटगरी सरकारले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माँग गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशितगरी आयातमा लगाइएको प्रतिवन्ध तत्काल खारेजगरी अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गर्नु भएको छ । बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएका बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको कुरा अध्यक्ष थापाले अवगत गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस