नेइएको चुनावमा दुई तिहाइ मतले जित्ने नेकपा निकट ‘प्रोग्रेसिभ इन्जिनियर्सको दावी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २३, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २३, काठमाडौं । मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स असोसिएसन (नेइए) को चुनावमा दुई तिहाइ मतले विजयी हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट ‘प्रोग्रेसिभ इन्जिनियर्स असोसिएन नेपाल’ले दाबी गरेको छ ।

आइतबार राजधानीको बागबजार स्थित होटेल हार्दिकमा चुनावी गतिविधि सम्बन्धी अन्तिम ‘विशेष पत्रकार सम्मेलन’को आयोजना गरेको पिनले एनइएको ३२औं कार्यकारिणी समितिको चुनावमा आफूहरुले २ तिहाई बढी मतले जित हासिल गर्ने दाबी गरेको हो ।

बोल्ने क्रममा अध्यक्ष, उपाध्यक्ष तथा महासचिवका उम्मेदवारहरुले आफ्नो जितबारे डाटा प्रस्तुत गरेका थिए ।

एनइए सबैको साझा र गौरवलाग्दो इतिहास हुनु पर्नेमा २८ औं पटकसम्म एकलौटी जित हासिल गरेको पक्षले नेपालमा इन्जिनियरहरुको पेसागत उचाइ तथा आकर्षण पैदा गर्न नसकेको पिन सम्बद्ध उम्मेदवारहरुको आरोप छ

महासचिव पदका उम्मेदवार रहेका जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर छविराज पोखरेलले भने, ‘ पोखरेलले आफ्नो देश दौडाहाको डाटा सुनाउँदै भने, ‘चुनाव घोषणा एक महिनामा हामी सातै प्रदेश र लगभग सबै जिल्ला पुग्यौं, नेपाल इन्जिनियर्स असोसिएसनको चुनावमा परिवर्तन चाहनेहरुको पंक्ति स्पष्ट रुपमा दुई तिहाइको संख्यामा रहेको हाम्रो डाटा छ । प्रा.डा त्रिरत्न बज्राचार्यको टिमले चुनाव जित्ने छ ।’

२५ गतेदेखि मौन अवधि सुरु हुने इन्जिनियरहरुको चुनावी कार्यक्रम लगभग अन्तिम चरणमा पुगेको एनइएले जनाएको छ ।

३२ औं कार्यकारी समितिको उक्त चुनावका लागि ३२ बुँदे घोषणा पत्र जारी गरेको प्रा डा बज्राचार्यको समूहले आफूहरुले चुनाव अघिदेखि नै इन्जिनियहरुको न्यूनतम तलब, भत्ता, सुरक्षा र पेसागत इज्जतको माग ग्यारेन्टी गर्ने अभियान सुरु गरिसकेको दाबी गरेको छ ।

उनीहरुले आफ्नो क्षेत्रको माग पूरा गर्न पुनर्निर्माण प्राधिकरणदेखि प्रधानमन्त्रीसम्म ज्ञापन पत्र दिएर आन्दोलन सुरु गरेको बताएका छन् ।

आफ्नो समूह नै सरकार निकट रही काम गर्न सक्ने दाबी गर्दै एनइएको गरिमा र गौरवका लागि आफूहरु नै योग्य रहेको उनीहरुको दाबी छ ।

आफूहरुले जितेमा २ वर्ष भित्र घोषणापत्रका ८० प्रतिशत एजेन्डा पूरा गर्ने बताउँदै उक्त कार्यक्रममा इ. पोखरेलले एनइएको इतिहासमा २ पटक बाम निकट नेतृत्वले जित्दा नै एनइएको भवन र संस्थालाई विकेन्द्रीकरण गरेको दाबी गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस