आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ८, काठमाडौ । वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।

बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ । यती एयरलाइन्सले ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ ।

श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताए । ‘हेलिकोप्टर त बिहानैदेखि अपरेसनमै छ, हवाईजहाज भने ११ बजेदेखि नियमित सेवामा हुन्छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस