मुलुकमा व्यापार घाटा चुलिँदै, ११ महिनामा व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ८, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाण्डौ । आयातीत वस्तुको आकार बढ्दा मुलुकमा व्यापार घाटा चुलिँदै गएको छ । चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख पुगेको हो । आयात १७ खर्ब ६३ अर्ब पुग्दा निर्यात १ खर्ब ८५ अर्बमात्रै भएकाले २५ प्रतिशतले व्यापारघाटा वृद्धि भएको हो ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको जेठसम्म आयातको आकार बढेर १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख पुगेको छ । यो गत वर्षभन्दा २७।५ प्रतिशतले बढी हो। गत जेठसम्म यस्तो आयात १३ खर्ब ८३ अर्ब ३६ लाख रुपैयाँ थियो ।

आयात बढ्दा दिनप्रतिदिन विदेशी मुद्रा सञ्चितिमा परेको दबाब चुनौतीका रूपमा देखिएको छ । यसको मूल्यवृद्धिको मार सबैले खेप्नु परेको छ। सरकारले आयात नियन्त्रणका उपाय अपनाए पनि कम हुन सकेको छैन। विदेशी वस्तु आयात रोक्दा पनि व्यापार घाटा निरन्तर बढिरहेको छ। आपूर्ति मन्त्रालयले १० प्रकारका वस्तु ल्याउन पूर्णरूपमा बन्देज गरेको छ। राष्ट्र बैंकले त्यसअघि नै ४० वटा वस्तु आयात गर्दा शतप्रतिशत र६ वटा वस्तु आयात गर्न एलसी खोल्दा ५० प्रतिशतको मार्जिनको व्यवस्था गरेकोे थियो।

ताजा अपडेट

खोजी गर्नुहोस