निदाएको भिडियो भाइरल भएपछि मेयर ढुंगानाले भने–रातभर सुतेको थिइन्,अन्नपानीको शरिर थकाइ लाग्छ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ अषाढ ८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ८,काठमाडौँ । निलकण्ठ नगरपालिकाका मेयर भिम ढुंगानाले सामाजिक सञ्जालमा आफ्नो निदाएको भिडियो सार्वजनिक भएपछि अनलाइनकेन्द्रलाई प्रतिक्रिया दिएका छन् । उनले आफु रातभर नगरपालिकाको बजेट निर्माण तथा तयारीमा लाग्दा नसुतेकोले शरिर आलस्य भएको बताए ।

उनले भने–शरिरमा थकाई जसलाई नी लाग्छ, म त अघिल्लो रात सुतेकै थिइन्,रातभर बजेटको तयारी, छलफल गर्दा अबेर भयो,भोलीपल्ट सुत्नै नपाई नगरको बजेट भाषणमा सहभागी भइयो, कसैले त्यसैलाई नियोजित भिडियो बनाएर भाइरल बनाउछ भने मेरो भन्नु केही छैन् । उनले शरिर थकित भएपनि बजेट भाषणमा ननिदाएको जिकिर गरे । उनले भने–म बजेट सुनिरहेको नै थिए, सबैजनाले सौहार्दपुर्ण तरिकाले बजेट पास गर्नुभयो म खुसी छु । उनले आफु नगरपालिकाको काममा रादिन नभनी खटिरहेको दावी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस