उदयपुरको प्रमुखमा सत्तारूढ गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने

असार ८, काठमाण्डौ । जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा सत्तारूढ गठबन्धन र प्रतिपक्ष दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार ९ गते हुने जिल्ला समन्वय समिति जिससको निर्वाचनमा प्रतिस्पर्धा हुने भएको हो ।

जिसस प्रमुखमा नेपाली कांग्रेस, नेकपा माओवादी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नेकपा एसका गौरबहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी एमालेबाट इन्द्रराज कार्कीले प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका तेजप्रसाद गिरी र एमालेबाट हिमकुमारी विश्वकर्माले उम्मेवारी दिएकी छिन् । केन्द्रीय गठबन्धनअनुसार जिसस उदयपुरमा गठबन्धन गरिएको नेकपा एसका जिल्ला अध्यक्ष राममणि पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टी केन्द्रबाटै उदयपुर जिससको प्रमुख नेकपा एसलाई र उपप्रमुख कांग्रेसलाई परेको हो ।’

संम्बन्धित समचार

Leave a Reply